हुम्ला, ३ जेठ । सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि बिहीबार स्थानीयवासीले हातपात गरेका छन् ।
बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले बिहीबार दर्जीमाथि हातपात गरे । उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएपछि आक्रोशित भई स्थानीयवासीले उहाँमाथि हातपात गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभयो । –रासस












प्रतिक्रिया