५ कार्तिक २०८३, बिहिबार

हेटौँडामा सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर शुभारम्भ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३ जेठ । सामसुङ नेपालले मकवानपुरको हेटौँडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । नारायणी मलको तेस्रो तल्लामा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसुङ ईण्डियाका उपाध्यक्ष वाई वि वनल गरेका थिए ।

विक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो १३ औँ आधिकारिक सर्भिस् सेन्टर हेटौँडामा खोलेको छ । यसअघि कम्पनीले काठमाडौँ (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।

सर्भिस प्रमुख राजन भट्टराईले भने, “ग्राहकहरु माझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको तथा सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिनेछ ।” हेटौँडामा प्रारम्भ गरिएको सो पहिलो सर्भिस सेन्टरबाट मकवानपुर जिल्ला तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभ लिन सक्ने कुरामा सामसङ विश्वास्त रहेको बताएको छ ।