–माधव बेल्वासे
कपिलवस्तु, ३ जेठ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बुधबार राती भिषण आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल जलेर नष्ट भएका छन ।
स्थानिय रसिद खान (छोटु)को घरमा रहेको पसलमा विहान २ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब २ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले बताए ।
खानको घरमा रहेका पसलहरु पौडेल ब्रदर्श कम्प्यूटर, लक्ष्मी ट्रेडर्स एण्ड दुध डेरी, ग्यालेक्सी पिउने पानी, एस.आर. ट्रेड लिंङ, शिवराज हेयर कटिङ्ग, र जेडिसी गेमिङ्ग पुर्ण रुपमा जलेर नष्ट भएका छन् । आगोलाई विहान ५ बजे स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कृष्णनगरको दमकलले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
आगोलागीबाट पसलका सम्पुर्ण समाग्रीहरु जलेर नष्ट भएको पौडेल व्रोदश कम्प्युटरका सञ्चालक पदम पौडेलले बताए । पसलमा सिसि टिभि, कम्प्युटरलगायतका इलेक्टोनिक्सका सामानहरु खरानी भएको पौडेलले बताए । समयमा दमकल नआउदा र दमकल संचालकहरु तालीम प्राप्त नभएको हुँदा धेरै क्षति हुन पुगेको भन्दै स्थानीयहरुले आक्रोस व्यक्त गरेका छन् ।












प्रतिक्रिया