२९ आश्विन २०८३, बिहिबार

नरिवलको तेलबाट यसरी कम गर्नुहोस् मोटोपना

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पछिल्लो समय नेपालीहरु विलासी बन्दै गईरहेका छन् । जसको प्रभाव उनीहरुको शरीरमा देखिन थालेको छ । व्यस्त जीवनशैली, अस्वस्थकर आहार, व्यायामको कमिले गर्दा मानिसहरुमा मोटोपना भाइरल जस्तै बन्दैछ । तुलनात्मक रुपमा गाउँका भन्दा सहरका मानिसहरुको जीवनशैली विलासी भएका कारण सहरका मानिसहरुमा मोटोपना बढ्दैछ ।

मोटो शरीर रोगको घर हो । मधुमेह, उच्च रक्तचाप, दम, मुटु सम्बन्धी रोगहरु, क्यान्सर तथा मृगौलाको समस्यालगायतका रोगहरु मोटा मानिसहरुमा बढि लाग्ने रोग हो । मोटोपन घटाउन विभिन्न उपायहरु अपनाउन सकिन्छ । यसको लागि व्यायाम तथा कसरतहरु गर्नु अति उपयुक्त हुन्छ । योगाले पनि मोटोपना घटाउन मद्यत गर्छ । त्यसको साथसाथै आफ्नो जीवनशैलीमा तथा आहार विहारमा पनि परिवर्तन ल्याउन जरुरी छ ।

तर मोटोपनाको समस्या समाधान गर्नको लागि काचो नरिवलको तेल पनि प्रयोग गर्न सकिने तथ्य बाहिर आएको छ । साधारण खालको तेलमा बढी मात्रामा चिल्लोपदार्थ हुने भएकाले त्यो शरीरमा जम्मा भएर मोटोपना बढाउँछ । नरिवलमा भएको खास विशेषताले यो शरीरमा जम्मा हुँदैन र उर्जा दिनमा उपयोगी हुन्छ ।

काचो नरिवलको तेल नियमित रुपमा र सही तरिकाले प्रयोग गर्दा एक महिनामै पौने ३ किलोसम्म तौल कम गर्न सकिन्छ । तेल शरीरभित्र जानेबित्तिकै कोशिकाहरुलाई पोषित गर्न सुरु गर्छ । यसबाट चिल्लोपदार्थ तत्काल शक्तिमा परिवर्तन हुन्छ र शरीरमा जम्मा भएर बस्न पाउँदैन ।

काचो नरिवलमा खाना बनाएर पनि खान सकिन्छ । किनकी यसमा पाइने चिल्लो भने अन्य खानामा पाइने चिल्लोभन्दा लाभदायी हुन्छ । यो सिधै कलेजोमा पुगेर कोशिकामा फैलन्छ र चिल्लोपदार्थका कणलाई आफूतर्फ तान्छ । कोशिकामा पुगेर यो चिल्लो तुरुन्त शक्तिमा परिवर्तन हुन्छ ।

नरिवलको तेल कम फ्याट्टी एसिड पाइने भएकाले खाना पनि सजिलै पच्छ । नरिवलको तेल मध्यम खालको ट्राइग्लिसराइड लोरिक एसिडबाट बन्छ, यो एक आवश्यक फ्याटी एसिड हो । यस्तो ट्राइग्लिसराइडले शरीरको मोटाबोलिज्म बढाउँछ, जसले फ्याटी एसिडलाई उर्जामा परिवर्तन गर्छ । हर्मोन असन्तुलनको समस्या भएका मानिसमा तौल बढ्ने समस्या सबैभन्दा बढी देखिन्छ । यो समयस्यालाई पनि नरिवलको तेलबाट समाधान गर्न सकिन्छ ।