
काठमाडौँ, ३ जेठ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेगरि भव्य तयारी थालिएको बैठक पार्टीको निर्देशनपछि स्थगित गरिएको सचिव आरसी लामिछानेले जानकारी दिए ।
अखिल अध्यक्ष नवीना लामा प्रतिनिसभा सदस्य भएपछि कार्यवहाक अध्यक्षको जिम्मेवारी महेश बर्ताैलाले सम्हालिरहेका छन् । अखिलले केन्द्रीय समितिको बैठकबाट नेतृत्व चयन गर्ने तयारी गरेको थियो ।
एमाले र माओवादीबीच आजै पार्टी एकताको तयारी भएकाले बैठक स्थगित गर्न निर्देशन दिइएको हो ।















प्रतिक्रिया