३ कार्तिक २०८३, मंगलबार

एमालेमा ४० जना केन्द्रीय सदस्य थपिने, नेताहरुको हानाथाप

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । नेकपा एमालेमा ४० जना केन्द्रीय सदस्य थपिने भएका छन् ।

नयाँ पार्टीमा एमालेबाट २४१ र माओवादीबाट २०० जना केन्द्रीय सदस्य रहने भएका छन् । एमालेको केन्द्रीय कमिटी अहिले २०१ सदस्यीय छ । त्यसैले ४० जनालाई केन्द्रीय सदस्य बन्ने अवसर जुरेको हो ।

केन्द्रीय सदस्य बन्नका लागि नेताहरुको दौडधुप सुरु भएको छ । शीर्ष नेताहरुसमक्ष लबिङ पनि सुरु भएको छ । तर, यो बीचमा एमालेसँग एकता प्रक्रियामा आएका बिभिन्न पार्टीका नेता र लामो समय अवसर नपाएका नेताहरुलाई समेटेर लैजाने एमालेको तयारी छ । सम्भवतः बिहीबारकै केन्द्रीय कमिटी बैठकले सदस्यहरु थप्ने एमालेका एक नेताले दैनिक नेपाललाई जानकारी दिए ।