
काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले पेट्रेलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
बुधबार मध्यरातिदेखि लागू हुने गरेर सरकारले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलटिर २–२ रूपयाँको दरले वृद्धि गरिएको छ ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन् । नयाँ मूल्यसूचि अनुसार आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ०.७२ रूपैयाँ नाफा रहेको छ भने डिजेलतर्फ भने २.२९ रूपयाँ घाटा रहेको छ ।















प्रतिक्रिया