काठमाडौँ, २ जेठ । संचारउद्यमी शम्भु पोखरेलले स्टार्टअप थाईल्याण्डको दोस्रो संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । आगामी मे १७ देखि २० सम्म थाईल्याण्डको राजधानी बैंककमा हुने सो सम्मेलनमा पोखरेलले नेपालको तर्फबाट आफ्नो मन्तव्य दिने कार्यक्रम रहेको छ ।
पोखरेलले ‘फ्युचर अफ शपोहोलिक’ अर्थात किनमेल पारखीहरुको भविष्य विषयमा मुख्य मन्तव्य दिने कार्यक्रम रहेको छ । वर्ल्ड ट्रेड ग्रुपका अध्यक्ष पोखरेल बिजनेस टेलिभिजनका कार्यकारी अध्यक्ष समेत हुन् । स्टार्टअप थाईल्याण्ड एक उद्यमशीलता पदोन्नति प्लेटफर्म हो । थाइल्याण्डको विज्ञान तथा प्रविधि मन्त्रालयको उन्नयन केन्द्रले सो स्टार्टअप समिटको आयोजना गरेको हो ।
समिटमा १ सय ४० देशका १५ सय भन्दा बढि युवा उद्यमी तथा अमेरिका, जापानलगायतका देशबाट ठुला लगानीकर्ताहरु समेत सहभागी हुने आयोजकले जनाएका छन् । स्टार्टअप थाईल्याण्डमा मुख्य वक्ताका रुपमा बोलाईएका पोखरेल पहिलो र एकमात्र नेपाली हुन् ।
स्टार्टअफ थाईल्याण्डमा पोखरेलको सहभागीताबाट नेपालको स्टार्टअपको क्षेत्रमा अन्तराष्ट्रिय पहुँच बढ्ने र नेपालमा थप लगानी समेत आउने विश्वास गरिएको छ । विज्ञान र कानूनमा स्नातक गरेका पोखरेल २ बिषयमा स्नातकोत्तर र अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दै छन् ।












प्रतिक्रिया