५ कार्तिक २०८३, बिहिबार

मारुती सिमेन्टको प्राविधिक सेवासहितको भ्यान अब निर्माणस्थलमै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ जेठ । मारुती सिमेन्ट लिमिटेडद्वारा हरेक निर्माण गुणस्तरीय र मजबुत होस भन्ने उद्देश्यले निशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ ।

कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यान हरेक निर्माण स्थलमै पुगेर दक्ष प्राविधिकहरुबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ ।

मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यान मार्पmत कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामाग्रीहरुको सही छनौट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमता बारे जानकारी, भाइबे्रटर र क्युरिङ्ग गर्ने सहि तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकता अनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने छ ।

यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन गरिएको र निकट भविष्यमा नै उपत्यका बाहिर पनि शुरु गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी दिए । मारुती सिमेन्ट कम्पनीले विगतका भिन्न–भिन्न क्षेत्रमा गरेको सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु भन्दा एक कदम माथि उठेर एउटा नयाँ थप प्रयार गरेको छ ।

यस सेवामा निःशुल्क टोल फ्रि नम्बर नेपाल टेलिकम प्रयोगकर्ताका लागि १६६००११७७७७ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७३७७७ नम्बरमा कल गरि आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह सुझाव तथा निर्माणाधीन संरचनाको लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सकिने छ ।