५ कार्तिक २०८३, बिहिबार

माछापुच्छ्रे बैंकद्वारा एकै पटक १० वटा नयाँ शाखा विस्तार

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक १० नयाँ शाखा विस्तार गरेको छ ।

खोटाङको हलेसी शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्र प्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरे । धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन पूर्वअध्यक्ष महतो, बैंकका संचालक श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवले संयुक्त रुपमा गरे ।

त्यसैगरी झापाको बाह्रदशी शाखाको उद्घाटन बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरे । साथै, बैंकले मोरङको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुविधा उपलब्ध गराएको जनाएको छ । यसका साथै, हलेसी र गणेशमानचारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुविधा समेत उपलब्ध गराएको बताएको छ ।

बैंकले देशभर ७४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैकिङ सेवा समेत गरी ९५ स्थानबाट बंैकिङ सुविधा प्रदान गरिरहेको जनाएको छ । साथै, बंैकका देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।