
सल्यान, १ जेठ । सल्यानको त्रिवेणी गाउँपालिकाले राजपत्र प्रकाशनमा ल्याएको छ ।
यहाँ रहेका दश वटा स्थानीय तहमध्ये राजपत्र प्रकाशनमा त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो बनेको छ । गाउँपालिकाले नियम, ऐन, तथा कानुनको कार्यविधि बनाएर राजपत्र प्रकाशन गरेका जनाइएको छ ।
गाउँपालिकालाई नियम संगत काम गर्न सजिलोका लागि नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम त्रिवेणी गाउँसभाले राजपत्र प्रकाशनमा ल्याएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिए ।
राजपत्र प्रकाशन गरेदेखि गाउँपालिकाले गर्ने सम्पूर्ण कार्यहरु राजपत्रमा उल्लेख भय अनुसार हुने गरेको अध्यक्ष डाँगीले बताए । आर्थिक वर्ष ०७४÷०७ ५को लागि २० करोड ३१ लाख कुल बजेट रहेको त्रिवेणी गाउँपालिकाले आफ्नो विकासे योजनाको ७० प्रतिशत कामहरु सम्पन्न गरिसकेको जनाएको छ ।












प्रतिक्रिया