हेटौँडा, १ जेठ । प्रदेश नम्बर ३ प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले २०७५/७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव मंगलबार टेबुल गर्नुभएको छ ।
सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरीसदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ । मंगलबार बसेको पहिलो प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानबमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिनुभयो ।
प्रदेश प्रमुख कोइरालाले प्रमाणित गर्नुभएको विधेयकमा प्रदेशसभामा सञ्चित रहेको कोषसम्बन्धी खर्च गर्न बनेको विधेयक रस्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि सुविधासम्बन्धी विधेयक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मंगलबार नै बसेको दोस्रो प्रदेशसभाको बैठकले भक्तपुर–१(क) बाट प्रदेशसभामा निर्वाचित सदस्य हरिशरण लामिछानेको सोमबार उपचारका क्रममा निधन भएकामा शोक व्यक्त गरेको थियो । –रासस












प्रतिक्रिया