२२ कार्तिक २०८३, आइतबार

लालबकैया, वाग्मती र कमलामा तटबन्ध बनाउन भारतद्वारा १८ करोड अनुदान

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । भारत सरकारले वाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण तथा नदी तालीमका लागि नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले सचिव सञ्जय शर्मालाई रु १८ करोड ७४ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

नदी तालीम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, वाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्य राख्छ जसले यी नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पुर्‍याउने विश्वास गरिएको छ । साथै भारतले नेपालसँग नदी तालीम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्नका लागि प्रतिबद्धता जनाएको छ । –रासस