५ कार्तिक २०८३, बिहिबार

भोजपुरको रामप्रसादराई गाउँपालिकामा एनआइसी बैंकको शाखा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

भोजपुर, १ जेठ  ।  भोजपुरको एक स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ ।

एनआइसी एशिया बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिकाको वैकुण्ठेमा शाखा विस्तार गरेको हो । गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै सर्वसाधारणलाई घर आगनमै बित्तिय सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा प्रबन्धक चन्दन कटुवालले जानकारी दिनुभयो ।

स्थानीय तह निर्माणपश्चात् पहिलो पटक गाउँपालिकाको केन्द्रमा बैंक भित्रिएपछि यहाँका स्थानीय निकै हर्षित भएका छन् । नौ स्थानीय तह रहेको भोजपुरमा केही समयमा नै सबै क्षेत्रमा बैंक जाने बताइएको छ ।

बैंकले एक आर्थिक वर्षमा गाउँपालिकाको करीब रु २३ करोड बजेट कारोबार गर्नेछ । त्यसैगरी, बैंकले विभिन्न किसिमका खाता सञ्चालन, एटिएम कार्ड, मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेको छ । -रासस