काठमाडौँ, ३१ बैशाख । एनआईसी एशिया बैंकले पोखरा लेखनाथ महानगरपालिका ६ स्थित लेकसाइडमा नयाँ शाखा विस्तार गरेको छ । सो शाखाको सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् राष्ट्र बैंकका प्रवक्ता समेत रहेका पौडेलले सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भई ३३ वटा त्यस्ता स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे ।
सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का अध्यक्षलगायतले शुभकामना प्रदान गरेका थिए । थप नयाँ शाखासहित देशभर २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकको दाबी छ ।















प्रतिक्रिया