५ कार्तिक २०८३, बिहिबार

लक्ष्मी बैंकको शाखा महोत्तरीको मनरा र रामेछापको खाँडादेवीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ बैशाख । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

थप शाखाहरुको साथ लक्ष्मी बैंकको शाखा संजाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखारहित बैकिङ अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।

शाखा विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखाका कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३/७४मा ५९.३२ अरब निक्षेप र ५२.७३ अर्ब कर्जा पुर्‍याएको बैंकका वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेको बैंकले जनाएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरि व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।

विशेष गरि साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्‍याएको छ ।