२२ कार्तिक २०८३, आइतबार

एजुकेशन फेयरको तयारी पुरा, आज प्राधानाध्यापकहरुको भेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-आकाश देबकोटा

वैशाख ३१ गते । भालीदेखि नेपालगन्जमा आयोजना हुने नेपाल एजुकेशन फेयर २०१८ को तयारी पुरा भएको छ । एजुकेशन फेयरको पूर्वसन्ध्यामा सोमबार (आज) कारकाँदोस्थित होटेल किचन हटमा बाँके र बर्दियाका सबै विद्यालयका प्राधानाध्यापकहरुको भेला आयोजना हुने भएको छ । जहाँ प्रदेशस्तरीय शैक्षिक बहस हुने आयोजकको भनाई छ ।

जेठ १ र २ गते नेपालगन्जमा हुने एजुकेशन फेयर विजनेश प्लस टेलिभिजनको आयोजना तथा माउण्टेन टेलिभिजन र भक्क्ति दर्शन टेलिभिजनको सहआयोजनामा हुन लागेको हो । एजुकेशन फेयर नयाँ संरचना अनुसार शैक्षिक नीति कस्तो हुने भन्नेबारे गहन बहस हुने एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले जानकारी दिए ।

विद्यार्थीहरु राजधानी केन्द्रीत हुँदा मोफसलमा भएको शैक्षिक लगानीले उचित प्रतिफल दिन नसकेको अवस्थालाई दृष्टिगत गर्दै काठमाडौं बाहिरका कलेज एवम् शिक्षण संस्थाबारे जानकारी गराउने उद्देश्यले एजुकेशन फेयरको आयोजना गर्न लागिएको पद्मा मिडिया ग्रुपका मध्यपश्चिम क्षेत्रीय प्रमुख क्षेत्रनाथ देबकोटाले जानकारी दिए ।

सिद्धार्थ कटेजमा हुने एजुकेशन फेयरमा सहभागीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएकोे छ । एजुकेशन फेयरमा दश हजारभन्दा बढी विद्यार्थीहरु सहभागि हुने आयोजकको अपेक्षा छ ।