
काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भाइसाहेब’ भनी सम्बोधन गरेका छन् ।
‘एकादशीको अवसरमा माता जानकीको दर्शन गर्न पाँउदा म अत्यन्त खुसी छु । भारतीय प्रधानमन्त्रीको हैसियतले पहिलो पटक माता जानकीको दर्शन गर्न पाउँदा खुसी छु,’ सम्बोधनका क्रममा मोदीले भने – ‘यसको राम्रो प्रबन्ध मिलाइदिनु भएकोमा ‘मेरा भाइसाब’ प्रधानमन्त्री ‘कोली’ (ओली) जी, केन्द्र सरकार, राज्य सरकार, नगर सरकार र सबै उपस्थित जनतालाई धन्यवाद दिन चाहन्छु ।’
मोदीले ‘ओली’ भन्न पनि जानेनन, ‘कोली’ भने ।
मोदीले ‘मेरे भाइसाब’ भनेपनि ओलीले ‘मेरा मित्र’ भनी सम्बोधन गरे । प्रधानमन्त्री ओलीले मोदीसँग सिंगो प्रतिनिधिमण्डललाई स्वागत गरे । अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको भन्दै भने, ‘आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’
मोदीको जानकी मन्दिरमा पूजापछि सम्बोधन गर्दै ओलीले जनकपुरधामको एतिहासिकताबारे चर्चा गरेका थिए । जनकपुरधाम जस्तो पावन भूमिमा मोदीको स्वागत गर्न पाउँदा सम्पूर्ण जनकपुरबासी तथा सम्पूर्ण नेपाली खुशी भएको बताएका ओलीले बताए ।















प्रतिक्रिया