काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै परम्परागत भेषभुषामा जकपुरधाम आइपुगेका छन् ।
मन्दिरपरिषरमा रहेका प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गरेका छन् ।
भारतीय विशेष विमानमार्फत आएका मोदीलाई सुरुमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरेका थिए । दोस्रो स्थानमा रहेका रक्षामन्त्री ईश्वर पोखरेलले मोदीलाई स्वागत गरेका हुन् ।
त्यसपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितका नेता र उच्च कर्मचारीहरूले मोदीको स्वागत गरेका थिए ।
जनकपुर विमानस्थलबाट मोदी सिधै जानकी मन्दिर प्रस्थान गरेका छन् । पहेँलो रंगको आफ्नै शैलीको कपडासहित मोदी जनकपुरधाम आइपुगको हुन् ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी पहेँलो रंगको कपडा लगाएका छन् ।

















प्रतिक्रिया