२९ आश्विन २०८३, बिहिबार

अत्यधिक थकाइ लाग्नु हुन सक्छ यी गम्भीर रोगका संकेत

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ बैशाख । हरकोही मानिसलाई थकान महसुस हुन्छ । कडा मेहेनेत गर्नेलाई त थकान महसुुस हुने नै भयो तर मेहेनेत नगरी एकै स्थानमा बसिरहे पनि थकाई लाग्छ । जब शरीरमा उर्जा सकिन्छ तब शरीरले थकान महसुस गर्न थाल्छ ।

आराम गरेपछि या सुतेपछि थकान मेटिनुपर्छ । सामान्यतया अधिकांश मानिसहरुमा यसो हुन्छ । तर यद सुत्दा या आराम गर्दा पनि थकाई मेटिदैन भने यो कुनै बिमारको संकेत पनि हुन सक्छ । यसलाई मेडिकलको भाषमा ‘क्रोनिक फटिग’ भनिन्छ । यसले मानिसलाई जतिबेला पनि आलस्य महसुस गराउँछ । आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ । व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित या असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायो–साइकोलोजिकल कारणबाट यो रोग लाग्न सक्छ ।

विभिन्न समयमा अत्याधिक आलस्यताले केही घातक रोगहरुको पनि संकेत गरिरहेको हुन्छ ।

हृदयघात

अत्याधिक थकान महसुस हुने हृदयघातको पनि संकेत हुनसक्छ । हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिलेदेखि नै असामान्य थकान अनुभव हुन थाल्ने एक अनुसन्धानले देखाएको छ । धूमपान र मदिराबाट टाढै रहने, सन्तुलित आहार लिने र ३० देखि ६० मिनेटसम्म एरोबिक एक्सरसाइज गर्ने गर्दा यसको जोखिमलाई न्युनिकरण गर्न सकिन्छ । यदि हाई कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड प्रोफाइल, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम पनि गराउँदा सम्भावित खतरालाई रोक्न सकिन्छ ।

कलेजोको समस्या

कलेजोमा समस्या हुँदा पनि केही व्यक्ति अत्याधिक थकान महसुुस हुनसक्छ । रगत लिँदा तथा लागूऔषध लिने मानिसमा हेपाटाइटिस सी हुने सम्भावना हुन्छ । यस्ता बिरामीलाई हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा पीडा हुने या रुघा लाग्नेजस्ता लक्षण देखिन्छन् ।

एनिमिया

शरीरमा आइरनको कमी हुँदा आलस्यपना आउन सक्छ । महिलाहरुमा महिनावारीमा, गर्भ रहेका बेला या स्तनपान गराएका बेला आइरनको कमी हुन्छ । यसबाट चिडचिडाहट र आलस्यता हुन्छ । यस्तो अवस्थामा हिमोग्राम, हेमोग्लोबिन टेष्ट, ब्लड काउन्ट, सेरम आइरन, आइरन बाइन्डिङजस्ता परीक्षण गराउन आवश्यक हुन्छ ।