३० आश्विन २०८३, शुक्रबार

मोदीलाई लज्जित बनाएर पठाउने कि !

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– प्रदीप परियार

अहिले सर्वत्र चर्चाको विषय बनेको छ, भारतीय प्रधानमन्त्री नरेन्द मोदीको नेपाल भ्रमण । मोदीको नेपाल भ्रमणको विषयलाई लिएर भइरहेको प्रायोजित विरोधको अन्तरकुन्तर बेग्लै छ । यो भ्रमणलाई आधारमा राखेर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीमाथि तीव्र आलोचना गर्ने काम भइरहेको छ । निर्वाचनपछि एमालेले प्राप्त गरेको उचाई र प्रधानमन्त्री ओलीको लोकप्रियतालाई गिराउने अनेक प्रयास भइरहेको बेला मोदीको भ्रमणलाई हतियार बनाउने काम भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण गरेर फर्किए । छिमेकी मित्रराष्ट्रको नाताले मोदीलाई पनि निम्तो गर्नु स्वभाविक छ । सोही अनुसार मोदीको भ्रमण तय भयो । यो भ्रमणलाई नाकाबन्दीसँग जोडेर विरोध गर्ने काम भएको छ । नाकाबन्दीसहित विभिन्न विषयलाई जोडेर प्रधानमन्त्री ओलीको विरोध यो तहसम्म हुनु सरकारलाई असफल बनाउनु मात्र होइन, सुध्रिएको नेपाल–भारत सम्बन्धलाई थप प्रभावित गराउने प्रयास हो ।

नाकाबन्दीको सवाल मोदीसँग मात्र जोडेर चित्त बुझाउने ठाउँ छैन । नाकाबन्दीको समयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र मधेशमा सिमामा पाल टाँगेर नाकाबन्दीलाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्ने मधेशवादी दलको कुनै सम्झना गरिएको छैन । तर, केपी ओलीले भारतसँग शिर नझुकाई नेपालीको स्वाभिमान बचाएको धेरैलाई चित्त बुझेको छैन् । भारतसँग झुकेको भए वा चुनावमा कमजोर परिणाम आएको भए अहिलेको अवस्था आउने थिएन । विरोधका लागि नाकाबन्दी, जनकपुर आगमन र सरसफाईको विषयलाई प्राथमिकताका साथ उठाइएको छ ।

यस्तो विरोध भइरहेको छ कि नाकाबन्दी केपी ओलीले गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीको विरोध पनि हदै भएको छ । सरकारको नेतृत्व गरिरहेका ओलीमाथि प्रश्न गर्ने गरी भइरहेको विरोध सामान्य छैन । सामाजिक सञ्जालका भित्ताहरु ओली र मोदीको विरोधमा रंगिएका छन् । मोदी भ्रमणलाई लिएर भइरहेको विरोधले आम नेपालीको प्रवृत्ति छर्लंग भएको छ ।

शक्तिराष्ट्र भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नु राम्रो हो । त्यसका लागि आम नेपाली स्वागतका गर्न तयार हुनुपर्छ । नाकाबन्दी गरेर नेपालीलाई दिएको सास्ती लेखाजोखा गर्न नसकिने अवस्था छ । भारतले नाकाबन्दी गरेर नेपालीको दैनिक जीवनमा अपराध नै गरेको हो । त्यो समय नाकाबन्दीको विरोध गर्ने केपी ओली अहिले चौतर्फी आलोचनाको घेरामा छन् । उनले मोदीसँग युद्ध घोषणा गर्नुपर्ने ? अथवा, भारतसँग कांग्रेसकै लिगेसी प्रयोग गर्नुपर्ने ? ओलीले राष्ट्रवाद देखाएको कसैलाई मन परेन ? के झुक्नुपर्ने हो ?

ओलीलाई भारतले राजकीय सम्मान गर्नु नेपालप्रति भारतको महालम्पसारबाद हो ? यस्ता विषयको विरोध गर्नु बाँदरे स्वभाव हो । जसले केही गर्दैन र गर्न पनि दिँदैन । मोदीलाई नेपालमा उच्च तहको सम्मान गर्नुपर्छ । किनभने, उनले अघिल्लो वर्ष लगाएको नाकाबन्दीको पश्चाताप होस ।

पहिलोपटक ओली प्रधानमन्त्री हुँदै गर्दा नाकाबन्दी थियो । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र उनको पार्टीले नाकाबन्दी भन्न समेत डरायो । अहिले कांग्रेसीजन नै मोदीको भ्रमणलाई लिएर विरोधमा उत्रेका छन् । यो विरोधको कथा नाकाबन्दीको विरोध होइन, ओली सरकारलाई कमजोर बनाउने हतकण्डा मात्र हो । जनताको प्रिय सरकारलाई आलोचना गरेर जनमत तान्न खोज्नु प्रतिपक्षको धर्म पनि हो ।

अर्को जनकपुरमा अवतरण गर्ने विषयलाई उठाइएको छ । यो हाम्रो लागि खुसीको कुरा हो । किनभने, जनकपुरधाम नेपालीको सम्पत्ति हो । जनकपुरधाम आम नेपालीको गरिमा हो । त्यहाँबाट मोदीको भ्रमण शुरु हुनु आमनेपालीको सम्मान हो । तर, उनको भ्रमणलाई कारण बनाएर नेपालीले आफ्नो हविगत देखाइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्रीले स्वागत गर्नु लम्पसारवाद भनिँदैछ । त्यसो भए, प्रधानमन्त्री ओलीलाई भारतले राजकीय सम्मान गर्नु नेपालप्रति भारतको महालम्पसारबाद हो ? यस्ता विषयको विरोध गर्नु बाँदरे स्वभाव हो । जसले केही गर्दैन र गर्न पनि दिँदैन । मोदीलाई नेपालमा उच्च तहको सम्मान गर्नुपर्छ । किनभने, उनले अघिल्लो वर्ष लगाएको नाकाबन्दीको पश्चाताप होस । तर, अहिले प्रतिपक्षले प्रायोजन गरेको विरोध कार्यक्रमले मोदी फर्केर फेरि नाकाबन्दी गरुन् र सरकारलाई कमजोर बनाउन पाऊँ भन्ने तपस्या हो । कुकुरले खुट्टा टोक्यो भनेर कुकुरको पनि खुट्टा टोक्ने प्रबृत्ति हो नेपालीको ?

जनकपुरमा मोदी आउने भएपछि सरसफाई भव्य भयो । जनकपुरलाई बेहुलीझैँ सिंगारिएको छ, के सरसफाई गरेकोमा विरोध गर्नुको तुक छ ? सरसफाई नहुँदा पनि विरोध र हुँदा पनि विरोध, अचम्म छ । नेपाल – भारत सम्वन्धलाई विगार्ने खेल अझै भइरहेको छ । त्यसका लागि यो समयको उपयोग गरियो । विरोधको सिमा पनि एउटा तहमा हुनुपर्छ । तर, अहिले जुन प्रकारले विरोध गर्ने काम भइरहेको छ, असभ्य र कचिलो छ । ६५ वर्षपछि किम जोङले शत्रुराष्ट्रसँग सम्वन्ध सुधार गरे । यसबाट नेपालीले पाठ सिक्न जरुरी छ ।

नाकाबन्दी गर्ने मोदीलाई सम्मान गरेर लज्जित बनाइदिउँ ।

नरेन्द्र मोदीले नेपालमा कस्को सहारा लिएर नाकाबन्दी गरे सबैलाई थाहा छ । हिजो नाकाबन्दी गर्दा थाहा नपाएझैँ गर्नेहरु अहिले बुरुक–बुरुक गरिरहेका छन् । एमालेलाई कमजोर बनाउन, बाम गठबन्धनको एकतालाई प्रभावित बनाउन र हारको पीडालाई भूल्न विरोधको फण्डा बनाइएको छ । ओली लम्पसार भए, भारतमुखी भए भन्नेहरुलाई प्रश्न छ, काँग्रेसको इतिहास के हो फेर्केर हेरेको छ ? नाकाबन्दीमा कांग्रेसले के गर्‍या ? सायद त्यो राष्ट्रवाद होला ।

हो, केही गल्ती भएका छन् । मोदीको भ्रमणमा भारतीय सुरक्षाकर्मी ल्याउने कुरा गलत हो । नेपाली जनताको दैनिकीलाई प्रभावित बनाउने गरी नागरिकको आवत–जावत नै बन्द गर्ने कुरा गलत छ । तर, यो प्रधानमन्त्री ओलीको लम्पसारबाद होइन । ओलीको अडान मोदीले बदल्न सक्दैनन् । यो प्रायोजित विरोधको कुनै अर्थ छैन । नाकाबन्दी गर्ने मोदीलाई सम्मान गरेर लज्जित बनाइदिउँ ।