काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि सहभागी हुने भएका छन् ।
समितिले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई पनि निम्तो दिएपछि निधि सहभागी हुन लागेका हुन् । जनकपुरधामको बाह्रबिघामा शुक्रबार नेपाल भ्रमणमा आउन लागेका मोदीलाई नागरिक अभिनन्दन गरिनेछ ।
धनुषा गृहजिल्ला भएका निधिलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फोन गरेर कार्यक्रममा निम्तो गरेको स्रोतले जनाएको छ । निम्तो पाएपछि निधि जनकपुर जाने भएका छन् । निधिलाई मञ्चमा अतिथिको आसनमा राखिनेछ ।
कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र बाचन गर्नेछन् । संघीय सरकारका वरिष्ठ सदस्य एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने जनाइएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रम समापन भएको घोषणा गर्ने योजना छ ।















प्रतिक्रिया