३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई किन बोलाए बालुवाटार ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न पूर्वप्रधानमन्त्रीहरूलाई बोलाएका छन् ।

ओलीले नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । सरकारको नीति तथा कार्यक्रमको तयारीमा लागिरहेका ओलीले बजेटका बारेमा आज परामर्श गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नीति तथा कार्यक्रमबारे सुझाव लिन पूर्वप्रधानमन्त्रीहरूसँग प्रधानमन्त्रीले अहिले बिहान १० बजे बैठक राखेको जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७५–७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।