फ्रान्स । नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति फ्रान्सको प्रथम तथा ऐतिहासिक महाधिवेशन २३ वैशाख २०७५ (६ मे २०१८) मा फ़्रान्सको राजधानी पेरिसमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी नारायण आचार्य र विशेष अतिथि माथवसिंह बस्नेतको उपस्थितिमा बिधिवत रुपमा सम्पन्न गरिएको छ ।
कार्यक्रमको सभापतित्व तदर्थ समितिका अध्यक्ष निर्मल अर्यालले गरेका थिए । कार्यक्रम संचालन सुधिर रानाले गरेका थिए । सुबर्ण बिक्रम हमालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनेको थियो । जसमा सदस्यद्वय जिता कटवाल र बिष्णु सारू मगर रहेका थिए ।
अधिबेशनमा सभापति निर्मल अर्यालले कार्यसमितीको प्रतिवेदन पेश गर्दै यस अधिवेशन सम्पन्न गर्न दिन रात खटिने तदर्थ समितिका साथीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
फ्रान्सको राजधानी पेरिस, यूरोपको केंद्रमा लामो समयदेखि प्रजातन्त्रप्रेमीहरूको चाहना, अहिले आएर जनसम्पर्क समिति फ्रान्सको बिधिवत स्थापना भएसँगै पूरा भएको अर्यालले अबगत गराए ।
कार्यक्रमको अन्तमा नवर्र्निचित अध्यक्ष सुधीर रानाले सर्वसम्मतिबाट आफूलाई संगठनको अध्यक्ष जस्तो गरिमामय पदको ज़िम्मेवारी सुम्पेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै जनसम्पर्क समिति फ़्रान्स नेपाली समुदाय लक्षित सामाजिक कार्यमा लाग़्ने र पृथक पहिचान बनाउने प्रतिबद्दता जनाए ।















प्रतिक्रिया