३ कार्तिक २०८३, मंगलबार

१८ हजारको चिरफार गरेका एउटा बिमारी

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । आफैंले सुरु गरेको बाँसबारीको न्युरो अस्पतालको एउटा कुनामा छन्, उनी बिमारी ! त्यस कुनामा भिआइपी आउँछन्, सहानुभुति दिन्छन् अनि फर्कन्छन् । मनभरी बिमार ठिक होस् भन्ने भावुकता ओठमा आइपुग्दा बन्दिन्छ आदर्श र भन्छन्,‘मरे पनि आफ्नै माटोमा मर्न पाउँ भनेर फर्किएँ ।’

६५ वर्षका पुगे, डा. उपेन्द्र देवकोटा । जीवनभर कमाएको अब्बलताको प्रतिफलमा उनले भीआइपीको सहानुभुति पाइरहेका छन् त्यहि बिमार बेडमा । घर बसेका छैनन् । पित्त थैलीको क्यान्सर छ उनलाई । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनको स्वास्थ्य अवस्था पुगेका थिए ।

बेलायत गएका बेला सडकमा एकाएक लडेपछि उनको यो बिमार खुल्यो । लामो समय उनी त्यहाँ उपचारका लागि बसे । ३० वर्षदेखि यहि पेशामा अब्बल डा. देवकोटाले धेरै बुझेका छन् । त्यसकारण बेलायतलाई नै छाडेर काठमाडौं आए ।

धेरैका शरिर चिरफार गरेर तन्दुरुस्त बनाएका देवकोटाको चिरफार कति सफल भयो ? यसको उत्तर छैन । जति भयो उनका भावुकतामा देखिएको परिवर्तनले संकेत गरिरहन्छ ।

एसियाकै चर्चित न्युरोसर्जन हुन् । करिअरको ३२ वर्षमा १० लाख मानिसका रोग अध्ययन गरे । जाँचे । ठिक पारे । कोही–कोही बिमारले थलिएकालाई काउन्सिलिङ गरे । बाँच्नुपर्छ भन्ने मनोबल बाँडे ।

डा. देवकोटा विद्यालय, कलेज र चिकित्साशास्त्रको अध्ययनमा सँधै अब्बल भए । २५ वर्ष नेपालको पुरानो अस्पताल वीरमा ‘विरता’को काम देखाए ।

जुन काममा आफ्नो सपनाको पोको बाँधिएको हुन्छ, त्यसैमा लाग्नुपर्छ भन्ने प्रेरणाका स्रोत पनि हुन्, देवकोटा । उनी सानै देखि डाक्टर बन्ने सपनासँग तैरिरहेका रहेछन् । जीवनका पूर्वाद्धहरूलाई केही वर्ष अघि मिडियामा उनले खुलाएका थिए ।

बुबा होमनाथ कविराजले पुर्याएको सेवा देखेपछि उनको बाल दिमागमा ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पाउलियो । एकैपटक कक्षा २ मा भर्ना भएका उनी पाँच कक्षादेखि गोरखाको अमरज्योति मावि लुइटेल भर्ना भए । पाठ्यक्रमबाहिरको ज्ञानमा सहपाठीभन्दा उनी निकै अगाडि थिए ।

तर्क खोज्न उनले थुपै्रं संस्कृतका श्लोक खोज्थे । पहिलोपटक कक्षा ६ मा पढ्दापढ्दै विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा उनले १० कक्षासम्मका सबैलाई उछिने ।

त्यो मेहनत र क्षमताले गर्दा विद्यालय तहमै उनको क्षमता धेरै माथिल्लो स्तरको भयो । एसएलसीमा उनी बोर्डमा परे । बहुविषय पढाईका कारण बुझाईको स्तर धेरै माथि थियो । तर एसएलसीमा केही विषयमा कमै नम्बर आयो ।

उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । बायोलोजीमा फस्ट डिभिजन ल्याउने ब्याच नै उनको थियो ।

बाल्यकालदेखि नै सिद्दान्तप्रतिको निष्ठामा उनी कहिल्यै डग्मगाएनन् । बरु उनी तिरस्कार, कष्ट भोग्न तयार भए । अहिले पनि उनी आफूलाई ठूलो बनाउन औकात भुल्नेको ठूलो जमात भेट्छन् । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे । त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाए ।

बेलायतको ‘रेजिडेन्ट भिसा’ पाउने समय आएको थियो । तर त्यहाँका विलासिताले तानेन । उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरोसर्जरी विभागसमेत बन्यो । नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे । शल्यक्रिया सकेको पाँचौ दिनको दिन टाँका काटेर बिरामी झोला बोकेर घर फर्कियो । उनलाई अहिले पनि त्यो दिन सम्झदा गर्व महसुस हुन्छ । रातदिन नभनी काम गरे । लगातार २२ घण्टा लामो शल्यक्रियासमेत उनले वीर अस्पतालमा गरेका छन् ।

१० वर्षपछि नै नेपालमा उनकै अगुवाईमा १९९९ मा सार्क क्षेत्रको न्युरो सर्जिकल कन्फ्रेन्स भयो । संसारभरबाट ३०० न्युरोसर्जन नेपाल आएका थिए । वीर अस्पतालमा सो अवधिसम्म यति प्राज्ञिक र क्लिनिकल विकास भइसकेको थियो कि सम्मेलनमा प्रस्तुत १३० वटा कार्यपत्रमध्ये १७ वटा त वीर अस्पतालको मात्रै थिए । सम्मेलनमा नेपालमा न्युरोसर्जरी क्षेत्रमा भएको विकासलाई संसारले प्रशंशा गरेको थियो ।

अनुभवले खारिएका उनलाई बिरामीको रोग थाहा पाउन सक्षम चिकित्सकलाई घण्टौ लाग्छजस्तो पनि लाग्दैन । ‘बिरामीभित्र छिर्दा नै रोग पत्ता लगाउन सकिन्छ’, उनले भन्ने गरेका छन् ।

जीवनको उत्तरार्धतिर छन् उनी । धेरैको अनुहार हेरेर रोग पत्ता लगाउने देवकोटालाई आफ्नै पीडा पत्ता लगाउन सडकमै ढल्नुपर्यो । अरूलाई सहानुभुति दिएर जीवनसँग लड्न सिकाउने उनी आफैं सहानुभुति लिएर जीवनसँग लडिरहेका छन्– एमडीको कुर्सी भन्दा अलिक तल बिमारीको कोठामा, सघने कक्षमा, जुनियरहरूको उपचार कस्टडीमा ।