३१ आश्विन २०८३, शनिबार

कार्यक्रम यु स्टाट अगेन आइतबारदेखि नेपाल टेलिभिजनमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरूको बारेमा तयार पारिने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको औपचारिक प्रशारण आईतबारबाट सुरु हुने भएको छ ।

केही दिन पहिला टेक्सासमा एक भब्य कार्यक्रमका बीच सुरु भएको कार्यक्रम नेपालको समय अनुसार आईतबार राति १० बजे नेपाल टेलिभिजन प्लसमा प्रशारण हुने भएको हो ।

हरेक महिनाको दोश्रो र अन्तिम आइतबार राति प्रशारण हुने कार्यक्रमको पहिलो भागमा अमेरिकामा रहेका नेपालीहरूको समग्र अवस्था र कार्यक्रमको रुपरेखालाई समेटेर तयार पारिएको जनाइएको छ ।

प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोर्कण बिष्ट, एमाले सचिव योगेश भट्टराई, अमेरिकाको लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की, महावाणिज्यदूत मधु मरासीनी, कलाकार सीताराम कट्टेल, बद्री पंगेनी, एनआरएनएका महासचिव डाक्टर बद्री केसी लगायतले शुभकामना दिएको कार्यक्रममा महानायक राजेश हमालको प्रमुख आतिथ्यता र अमेरिकामा बिशिष्ट व्यक्तिहरूको सहभागितामा शुरुवात गरिएको थियो ।

कार्यक्रमका निर्माता तथा प्रस्तोता सूर्य थापाका अनुसार पहिलो भागमा अमेरिकामा आउने पहिलो नेपालीदेखि हालसम्मका नेपालीहरूको अमेरिकामा गरेका उपलब्धी र अवस्थाका बारेमा कार्यक्रममा चर्चा गरिएको छ।

अमेरिकाको नेपाली समुदायमा लामो समय टेलिभिजन पत्रकारिता गरेका थापाले कार्यक्रमको पहिलो भाग पश्चात भने हरेक पन्ध्र दिनमा नियमीत रुपमा कार्यक्रम प्रशारण हुनेछ ।

कार्यक्रमको औपचारिक उद्घाटन गरेदेखी नै धेरैले माया गरेर हौसला दिएकोमा खुशी ब्यक्त गर्दै थापाले ह्यारी क्रियशनका हरी लामीछानेको साथमा कार्यक्रमहरु निर्माण भईरहेको समेत जानकारी दिएका छन् ।

अमेरिकाको बिभिन्न राज्यमा पुगेर निर्माण हुने कार्यक्रमका केहि भागहरु तयार भईसकेको जनाइएको छ । कार्यक्रम यु स्टाट अगेनको उद्घाटन देखीनै आफुलाई हौसला दिने सबैलाई थापाले आभार ब्यक्त गरेका छन् ।