नयाँदिल्ली । तुलसीको पाउडर, अजाइनोको सुप र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खाने हो भने एसिडिटीको समस्याबाट बच्न सकिन्छ ।
मिश्रण बिहान र बेलुकी एक–एक कप प्रयोग गर्दा हुन्छ । यसले कब्जियत, ग्यास्ट्रिक र अपचको समस्याबाट पनि बचाउने काम गर्छ ।
अदुवाको रसमा मह मिलाएर पिउँदा पनि एसिडिटीको समस्याबाट मुक्त हुन सकिन्छ । एसिडिटी छ भने एलोभेराको जुस औषधि बन्न सक्छ ।
पुदिनाको पातलाई उमालेर पिउँदा एसिडिटीको समस्याबाट जोगिन सकिन्छ । मनतातो पानीमा कागतीको रस मिलाएर प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
एसिडिटीबाट बच्न एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै पिउन सक्नुहुन्छ । पानीमा कागतीको रस र मह मिलाएर पिउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ ।
एक गिलास मनतातो पानीमा थोरै कालो खुर्सानीको धुलो र कागतीको रस मिसाएर पिएमा पनि एसिडिटीबाट बच्न सकिन्छ । एसिडिटीबाट बच्न जाइफलको धुलोलाई पानीमा मिलाएर पिउन पनि सक्नुहुन्छ । – एजेन्सी















प्रतिक्रिया