३ कार्तिक २०८३, मंगलबार

महासचिव सिटौलालाई ऋषि धमलाले पक्राउ गराएको महासंघको आरोप

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्ना महासचिव सरोज सिटौलालाई रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले गिरफ्तार गर्न लगाएको आरोप लगाएको छ ।

महासंघका उपाध्यक्ष विजयबहादुर स्वाँरले अध्यक्ष धमलाले आफ्नो क्लवमा बोलाएर सिटौलालाई पक्राउ गराएको आरोप लगाएका हुन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार धमलासँगको कुराकानीमा भने, ‘तपाईले साक्षात्कारका नाममा हाम्रो महासचिव सरोज सिटौलालाई बोलाउनुभयो । प्रहरी बोलाएर पक्राउ गराउनुभयो ।’

उपाध्यक्ष स्वाँरले आरोप लगाएपछि पत्रकार धमलाले प्रतिवाद गरेका थिए । धमलाले महासचिव सिटौलालाई आफूले पक्राउ नगराएको दाबी गरे ।

साक्षात्कारका लागि पुगेका बेला शुक्रबार दिउँसो प्रहरीले रिपोर्टर्स क्लवभित्रैबाट महासचिव सिटौलालाई पक्राउ गरेर लगेको थियो ।