२२ कार्तिक २०८३, आइतबार

प्रअ नियुक्ति गर्नेे निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । सर्वोच्च अदालतले स्थानीय तहको कानून नै नबनेका अवस्थामा विद्यालयको प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न उत्तरगंगा मावि बुर्तिबाङ बाग्लुङको विद्यालय व्यवस्थापन समितिका नाममा शुक्रबार अन्तरिम आदेश जारी गरेको छ ।

विद्यालय व्यवस्थापन समितिले प्रअ छान्नुपर्ने व्यवस्था रहेको र स्थानीय तहको कानूनी अधिकार नै नभएकामा प्रअ छानेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समितिका तर्फबाट चूडाबहादुर कुँवरले यही वैैशाख १६ गते रिट निवदेन दायर गर्नुभएको थियो । सोही निवेदनको सुनुवाइपछि कानून नै नभएको अवस्थामा स्थानीय तहका विद्यालयमा प्रअ नियुक्तिको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । शिक्षा ऐनमा विद्यालयको प्रअ नियुक्त गर्न विद्यालय व्यवस्थापन समितिलाई अधिकार दिइएको छ । –रासस