
-प्रदिप आचार्य
संविधानका विषयमा तराईका केहि दलमा देखिएको असन्तुष्टी सँगसँगै नेपाली आकाशमा अस्थिरताका कालो बादल बढारिरहेको थियो । यद्यपी, प्रमुख दलहरुमा देखिएको दृढताले संविधान जारी हुन्छ भन्नेमा धेरै आशा पलाएको थियो ।
२०७२ साल नेपालीको लागि अति दुःखकष्ट अनि संघर्ष नै र संघर्षको वर्ष रह्यो । बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले ठूलो धनजनको क्षती भयो । दश हजार हारहारी नेपालीको मृत्य, हजारौँ घाइते अनि लाखौँ घरवारविहिन भए । त्यसपछि आउने पराकम्पनले महिनौँ दिनसम्म आधा पेट खाएर दैनिकी गर्नु पर्यो भने, हजारौँले गरिराखेको पेशा व्यवसायबाट हात धुन पर्यो । मृत्यु जस्तो संवेदना बाहेक कोही व्यवसायी अति मर्कामा परे भने पर्यटन व्यवसायी नै परे, पर्यटनमा काम गर्ने हजारौँ दाजुभाई दिदीबहिनीहरुले गर्दै आएको जागिरबाट समेत हात धुन बाध्य हुन पर्यो ।
भूकम्पबाट तग्रिदै अगाडि बढ्दै गर्दा पर्यटनमा केही शुभ लक्षण देखा पर्दै थियो, भूकम्पको उपहार भनौँ अथवा राजनीतिक नेतृत्वमा आएको पीडाको चेत, प्रमुख राजनीतिक दलहरुमा संविधान मस्यौदामा १६ बुँदे समझारी गर्दै २०७२ सालकै आश्विन ३ गते नेपालीहरुको बहुप्रतिक्षित संविधान जारी हुँदै थियो । संविधानका विषयमा तराईका केहि दलमा देखिएको असन्तुष्टी सँगसँगै नेपाली आकाशमा अस्थिरताका कालो बादल बढारिरहेको थियो । यद्यपी, प्रमुख दलहरुमा देखिएको दृढताले संविधान जारी हुन्छ भन्नेमा धेरै आशा पलाएको थियो ।
संविधान जारी गर्ने दिन घोषणा भएको केहि दिन बित्न नपाउँदै तत्कालीन राष्ट्रपतिले पोखेको असन्तुष्टि, मधेशका केही भूभागमा भएको अनिश्चितकालिन बन्दकाबीच नेतृत्व अडान यथावत हुनुले नेपाली हासिरहेका पनि थिए । एक्कासि भारतीय प्रधानमन्त्रिको विशेष दुत भन्दै भारतीय विदेश सचिव एस जयशंकर काठमाडौँ ओर्लिए अनि प्रमुख राजनीतिक दलका प्रमुख नेतालाई कुटतितिक मर्यादाबाट तल ओर्लिएर संविधान जारी गर्ने मिति सार्न दवाव दिए भने आफ्ना असन्तुष्टिका विषय पनि प्रष्ट राखे । तरपनि, तत्कालिन समयमा भएको प्रमुख राजनीतिक दलको अडानले नेपालीले आफ्नो संविधान आफै जारी गर्ने अभुतपूर्व मौकालाई गुमाउन दिएनन् र भनेकै मितिमा नेपालको संविधान जारी भयो ।
नेपालले सुरक्षा दिने प्रत्याभूति गर्थ्यो तर पनि नाका झन झन कसिलो हुदै जान्थ्यो । दिनमा ५/१० सवारी प्रवेश गर्दा ठूला समाचार बन्थे । एक ढंगले अघोषित भारतीय नाकाबन्दीको चपेटामा नेपाल थियो ।
संविधान त जारी भयो तर, केहि दिन अगावै देखिबाट भारतबाट आउने मालवाहक सवारी साधनको कमि भएको थियो भने, असन्तुष्ट तराईका दलहरुले आफ्ना प्रदर्शनलाई नाका नाकामा केन्द्रित गर्दै थिए । मुख्यतः विरगञ्ज नाकामा उनिहरुको प्रदर्शन भएपनि सुरक्षाको कारण देखाउँदै ज्यादै कम मात्रामा प्रहरीको स्कर्टिङमा सवारी साधन पठाईएको थियो भने बाँकी अरु नाकामा खासै अवरोध नभएपनि सुरक्षा अभाव भएको भन्दै ज्यादै कम मात्रामा पेट्रोलियम सामान बोकेका ट्यांकर नेपाल प्रवेश गराईन्थ्यो । नेपालले सुरक्षा दिने प्रत्याभूति गर्थ्यो तर पनि नाका झन झन कसिलो हुदै जान्थ्यो । दिनमा ५/१० सवारी प्रवेश गर्दा ठूला समाचार बन्थे । एक ढंगले अघोषित भारतीय नाकाबन्दीको चपेटामा नेपाल थियो ।
संविधानको व्यवस्था बमोजिम नै नेपाल सरकार परिवर्तन हुँदै थियो, संविधान जारी गर्न १६ बुँदे सम्झौताबाट नजिकिएका दलहरु सरकार बन्ने बेलासम्म आइपुग्दा काँग्रेस मधेशी दलको कित्तामा पुगिसकेको थियो भने, आफ्नो पुरानो सम्झौतामा पछाडि फर्केर नेकपा एमालेका अधक्ष केपी ओलीलाई प्रधानमन्त्री नस्विकार्ने ठाउँमा पुग्यो । प्रधानमन्त्रीको उम्मेदवारीमा बहालवाला प्रधानमन्त्री नै केपी ओलीसँग प्रतिस्पर्धामा उत्रनुभयो । यद्यपी, पछि नेकपा माओवादी, राप्रपा नेपाल लगायत केही साना दलको सहयोगमा केपी ओली प्रधानमन्त्री बन्नु भयो भने संविधान मान्दिनौँ भनेका दलहरु पनि नयाँ बनेको संविधानको व्यवस्था बमोजिम नै सुशिल कोइरालालाई मत दिन तयार हुनु भयो ।
यसै त भूकम्पले थलिएको नेपाल र नेपाली पर्यटन नाकाबन्दीसम्म आइपुग्दा उठ्नै नसक्ने गरि थलिएको थियो । पर्यटक आउनू, अनि आएका पर्यटकलाई खाना खुवाउने कुरा फलामे चिउरा थियो ।
नयाँ सरकारको नेतृत्वमा केपी शर्मा ओली आइसक्नु भएको थियो । धेरै चरणमा मधेश केन्द्रित दलहरुसँग वार्तामा बस्नुभयो । धेरै राजनीतिक दुतहरु भारत पठाइए तर पनि नाकाबन्दी हट्ने अवस्था बन्दैनथ्यो । यता, नेपालमा पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसको पुरापुर अभाव भएको थियो । एक किसिमले भन्दा देशकै वितरण व्यवस्था पूर्णतया ठप्प थियो । यसै त भूकम्पले थलिएको नेपाल र नेपाली पर्यटन नाकाबन्दीसम्म आइपुग्दा उठ्नै नसक्ने गरि थलिएको थियो । पर्यटक आउनू, अनि आएका पर्यटकलाई खाना खुवाउने कुरा फलामे चिउरा थियो । जिन्दगी दाउराबाट पकाएर नखाएका काठमाडौँवासी प्रत्येकको छतमा दाउरे चुला हुन्थे भने पहाडबाट आउने गाडिमा छतमा दाउरा लिएर आएका हुन्थे । अरुबेला २० रुपियाँ किलो बिक्ने दाउरा किलोको १०० सम्म पर्ने गरेको थियो । काठमाडौँका सबै तारे होटेलमा दाउराबाट खाना पकाएर विदेशीलाई खाना खुवाइन्थ्यो भने पर्यटन व्यवसायी धेरै अतालिएका थिए । धेरै पर्यटन व्यवसायीले समस्यामा परेर आत्महत्याका खवरहरु पनि प्रशस्तै सुनिन्थ्यो ।
भारतसँग समृद्धिका लागि अभुतपूर्व सम्झौता भए । तत्कालीन समयमा प्रयोगमा आएका सामुन्द्रिक बन्दरगाहाबाहेक अन्य बन्दरगाहा प्रयोग गर्न दिन भारत तयार भयो । त्रिदेशिय मार्गहरुको सहज आवागमन सम्बन्धमा सम्झौताहरु भए ।
यस्तो अवस्था आइरहँदा सरकारले आफ्नो तर्फबाट नाकाबन्दी हटाउन अनेक प्रयासहरु गर्दै थियो । काठमाडौँमा लिफ्ट दिउँ र लिउँको अभियानले सामाजिक एकता प्रशस्त देख्न पाइन्थ्यो । भूकम्पपछि आएको युवाहरुको चेतना भारतीय नाकाबन्दी आउँदासम्म एउटा अभियान नै बनेको थियो । सरकारलाई कहिँ कतैबाट पनि जनताको दोषारोपण भन्दा बढि सहयोग र समर्थन नै थियो । राष्ट्रभक्तिपूर्ण स्वरहरु नै सुनिन्थे । भारतले गरेको नाकाबन्दीकविरुद्ध अन्तर्राष्ट्रिय रुपमा आवज बुलन्द हुँदै थियो । नेपाल स्वयं आफैले सयुक्त राष्ट्र संघमा पनि छलफलमा पुर्यायो । भारतीय संसदमा यसबारे छलफल भयो । त्यतिखेर नेपाली नेतृत्वले देखाएको नेतृत्वको कौशलले प्रधानमन्त्रीको भारत भ्रमण मिति तय सागसँगै अघोषित नाकाबन्दी, अघोषित तरीकाले नै खुल्यो । भारतसँग समृद्धिका लागि अभुतपूर्व सम्झौता भए । तत्कालीन समयमा प्रयोगमा आएका सामुन्द्रिक बन्दरगाहाबाहेक अन्य बन्दरगाहा प्रयोग गर्न दिन भारत तयार भयो । त्रिदेशिय मार्गहरुको सहज आवागमन सम्बन्धमा सम्झौताहरु भए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणपछि अर्को छिमेकी मुलुक चीन भ्रमणमा जानुभो भने यसअघि चीनसँग नभएको त्रिदेशिय पारवाहन सम्झौता सँगसँगगै केही महत्वपूर्ण सम्झौता भए । जसले नेपाल भारतसँग मात्र रहेको पारवाहनको एकाधिकार अन्त्य भयो । पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बनाउने कुराले मुर्तता पाउँदै ऋण सम्झौता भएर कार्य अगाडि बढेको छ । नेपाली पर्यटन लगायत अन्य व्यवसायीले वर्षाैँदेखि खोजेको राजनीतिक स्थिरता नयाँ संविधान कार्यन्वयनसँगै वाम गठवन्धनले प्राप्त जनमतले पूरा गराएको छ । राजनीतिक स्थिरताको संकेतसँगै पर्यटन आवागमनमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो सत्तारोहण् पछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सम्पन्न गरेर नेपाल फर्किसक्नुभएको छ । अघिल्लो प्रधानमन्त्री कार्यकालमा गरिएका प्रतिवद्धता बमोजिम नै भारतीय प्रधानमन्त्रीसँग नेपाललाई जल यातायातले जोड्ने र काठमाडौँलाई दक्षिण छिमेकी भारतसँग रेल यातायातले जोड्ने महत्वपूर्ण सम्झौता भएका छन् । यसले पनि नयाँ सरकारको समृृद्धिको चाहानालाई व्यक्त गर्दछ ।
भारतीय प्रधानमन्त्रीको पछिल्लो सच्चाई हो वा रणनिति तरपनि नेपाललाई विश्वासमा लिन राजनीतिक रुपमा सम्म्न्ध बनाएर अनि ठूलो सानो भनेर भन्दापनि सार्वभौमिकतालाई सम्मान गर्दै सांस्कृतिक रुपमा नजिकको सम्बन्ध बनाएर विश्वासमा लिन चाहेको अनुभूति हुँदैछ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जो जसको वहकाउमा परेर भएपनि नेपालमा नयाँ संविधान जारी सँगसँगै भएको भारतीय नाकाबन्दीमा चिप्लिएकै हुन अर्थात गम्भीर गल्ती गरेकै हुन । यद्यपी, उनको सत्तारोहणसँगै झन्डै २ दशकदेखि हुन नसकेको भारतीय प्रधानमन्त्रिको नेपाल भ्रमण गर्ने, नेपाली प्रधानमन्त्री र भारतीय कर्मचारी तन्त्रमा रहेको नेपाल भारत सम्ब्न्धलाई दुवै देशका प्रधानमन्त्रीको बीचमा पुर्याउन महत्वपूर्ण भूमिका रहिआएको छ ।
भारतीय प्रधानमन्त्रीको पछिल्लो सच्चाई हो वा रणनिति तरपनि नेपाललाई विश्वासमा लिन राजनीतिक रुपमा सम्म्न्ध बनाएर अनि ठूलो सानो भनेर भन्दापनि सार्वभौमिकतालाई सम्मान गर्दै सांस्कृतिक रुपमा नजिकको सम्बन्ध बनाएर विश्वासमा लिन चाहेको अनुभूति हुँदैछ । जस अन्तर्गत नै उनले आफ्नो भ्रमण जनकपुरको रामजानकी मन्दिरबाट शुरु गर्नेछन् भने हिन्दु धर्मालम्विले अत्यन्तै श्रद्धा गर्ने मुक्तिनाथ सम्मको हुनेछ । त्यसै भएर नै मोदीको यसपालिको भ्रमण राजनीतिक भन्दा धार्मिक भ्रमण भनेर बढि नै चर्चा गर्ने गरिएको छ ।
नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न नेपालले धेरै पहिलादेखि सोचेको मास पर्यटनका बजार दुतको रुपमा उनको भ्रमणलाई उपयोग गर्नुपर्दछ । जसले जनकपुर र मुक्तिनाथको प्रवर्द्धन मात्र गर्दैन समग्र भारतीय बजार नेपालप्रति आर्कषित हुनेछ ।
भारत अहिले पनि हवाई माध्यमबाट आउने पर्यटकबाहेक नेपाली पर्यटनको प्रमुख स्रोत बजार हो । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री मात्र नभएर सर्वाधिक रुचाईएका र सर्वाधिक खोजी हुने र सवार्धिक सामाजिक सञ्जालमा फलोअर भएका प्रधानमन्त्रीमा पर्दछन् । उनले गर्ने भ्रमण र उनले गरेका पोष्टहरु संसारका मिडियामा वहसको विषय बन्ने गर्दछन् । भारतमा त उनको राज नै चल्ने गर्दछ । तसर्थ, नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न नेपालले धेरै पहिलादेखि सोचेको मास पर्यटनका बजार दुतको रुपमा उनको भ्रमणलाई उपयोग गर्नुपर्दछ । जसले जनकपुर र मुक्तिनाथको प्रवर्द्धन मात्र गर्दैन समग्र भारतीय बजार नेपालप्रति आर्कषित हुनेछ । जुन भ्रमणले नेपाल भारत हुने क्रस वोर्डर पर्यटन बढ्नुका साथै नेपालको पर्यटनलाई विविधिकरणमा महत्वपूर्ण योगदान दिनेछ ।
मोदी यसपालिको भ्रमणमा नाकाबन्दी बिर्साउन मात्र होईन नेपाललाई समृद्धिमा डोर्याउने साधक बनुन् शुभकामना !
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बौद्ध सम्मेलनको कार्यक्रममा पुगेर भारतले आफ्नो आकाश दिन पनि कन्जुसाई गर्यो भन्नुले यसपालिको मोदी भ्रमणमा भैरहवा विमानस्थललाई चाहिने भारत रुटको व्यवस्था गर्ने कुराले प्रमुखता पाउने आँकलन गर्न सकिन्छ । जुन नेपालको पर्यटनको तत्कालीन आवश्यकता र पर्यटनमार्फत खोजेको समृद्धिको उचाई दिने नै हुनेछ । मोदी यसपालिको भ्रमणमा नाकाबन्दी बिर्साउन मात्र होईन नेपाललाई समृद्धिमा डोर्याउने साधक बनुन् शुभकामना !















प्रतिक्रिया