३ कार्तिक २०८३, मंगलबार

काँग्रेसले छान्यो पदाधिकारी: निधि उपसभापति, खड्का महामन्त्री

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ बैशाख । नेपाली काँग्रेसले रिक्त रहेको पदाधिकारी चयन गरेको छ ।

नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्रीमा र डा प्रकाशशरण महतलाई सहमहामन्त्रीमा बहुमतले चयन गरेको हो ।

बैठकमा रामचन्द्र पौडेल पक्षधरले भने सहभागिता थिएन । सहभागी सदस्यहरुमध्येबाट पदाधिकारी चयन गरिएको हो । महाधिवेशन भएको दुई वर्षसपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी चयन गरेका छन् ।

नेता प्रकाशमान सिंहले भने बैठक विधान विपरित भएकाले बहिष्कार गरेको बताएका छन् । गत १७ गतेको लागि बोलाइएको बैठक रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरको विरोधपछि स्थगित भएको थियो ।