२२ कार्तिक २०८३, आइतबार

गोरुले धकेल्दा भीरबाट खसेर एक जनाको मृत्यु

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २१ बैशाख । रुकुम पश्चिममा गोरुले धकेल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविसकोट नगरपालिका वडा नम्बर ९ का वीरजङ विष्ट रहेका छन् ।

शुक्रबार दिउँसो मकै छर्न जाने क्रममा आफैँले पालेको गोरुले कौवालोटे भिरबाट धकेल्दा विष्टको मृत्यु भएको थियो । मकै छर्न हिँडेका विष्टले आपसमा लडीरहेका गोरु छुट्टयाउने क्रममा गोरुले विष्टलाई धकलेको थियो ।

गोरुसँगै अन्दाजी तीन सय मिटर अग्लो भिरबाट लडेका विष्टको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । गोरु भने सकुशल रहेको छ ।