
काठमाडौँ, २१ बैशाख । नीजि विद्यालयले अशुली रहेको चर्काे शुल्कविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको संयुक्त विद्यार्थी संगठनले आज सिठ्ठी जुलुससहित प्रदर्शन गर्दैछ ।
स्थानीय तहलाई ब्युझाउनउन देशभर स्थानीय सरकारको कार्यालय अगाडि सिठ्ठी जुलुस सहित प्रदर्शनको कार्यक्रम राखिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकामा दिउँसो १ बजे प्रदर्शन गरिने लामिछानेले बताए । शुल्कवृद्धि विरुद्ध अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले चरणवद्ध आन्दोलन गरिरहेका छन् ।
उनीहरुले व्याव्सन र एनप्याव्सनमा यसअघि नै तालाबन्दी गरिसकेका छन् । तर, प्याव्सन अध्यक्ष विजय साम्बाहाम्फेले शुल्कवृद्धि फिर्ता नहुने बताएका छन् ।












प्रतिक्रिया