२२ कार्तिक २०८३, आइतबार

नरैनापुरका अग्नीपीडितलाई राहत वितरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २१ वैशाख । बाँकेको नरैनापुर गाउँपालिका–६ जमुनीका अग्नी पीडितलाई विहीवार राहत वितरण गरिएको छ ।

पीडितहरुलाई गाउँपालिकाका तर्फबाट राहत स्वरुप ५० किलो चामल, ५ किलो दाल, १ किलो नुन र १ लिटर तेलका साथै प्रति परिवार २ हजार रुपैयाँ वितरण गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

थप सहयोग र राहतका लागि जिल्ला दैबी प्रकोप उद्दार समिति र विभिन्न संघसंस्थासंग आग्रह गरिएको अध्यक्ष शाहले बताए ।

बुधबार भएको आगलागीमा १३ घर जलेर ध्वस्त भएका थिए भने ३ घरमा आंशिक क्षति पुगेको थियो ।

फुसले छाएका, जोडिएका घरहरु र आवश्यक सावधानी नअपनाउँदा गर्मीयाममा नरैनापुर क्षेत्रमा हरेक बर्ष आगलागी हुने गरेको छ । जीर्ण सडकका कारण सदरमुकाम नेपालगञ्जबाट समयमै दमकल पुग्न नसक्दा क्षति बढी हुने गरेको छ ।