३१ आश्विन २०८३, शनिबार

अमेरिकामा मधु पन्थी नगर परिषद सदस्यमा निर्वाचित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
अमेरिका । अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजदिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधुसुदन पन्थी नगरपालिकाको लागि नगरपरिषद सदस्यमा निर्वाचित भएका छन् ।

मतदानमा नगर प्रमुखसहित ७ जना उम्मेदवारहरूमा पन्थी नगरपरिषद सदस्यमा निर्वाचित भएका हुन् । पन्थीले उक्त नगरमा ९ सय घर दैलो अभियानमा संलग्न भै मत मागेका थिए । निर्वाचित सबै सदस्यहरुको सपथ ग्रहण जुलाई १ तारिखमा हुनेछ ।

सम्भवत उनी यसरी नगर क्षेत्रको निर्वाचनमा निर्वाचित हुने टाउन अफ इन्डीएन हेडका निर्वाचित उपनगर प्रमुख किरण सिटौलापछि दोश्रा भएका छन् ।

नव निर्वाचित पन्थी अझ पनि नगर योजना आयुक्त हुन् । उनले सपथ ग्रहण गरेपछि नगर परिषद सदस्य हुनेछन् । प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले अप्रिल २५ ,२०१६ तारिख नियुक्त गरेका थिए ।

टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मुलका रहेका थिए ।