एजेन्सी । दक्षिण-पश्चिमी म्याकेडोनियास्थित ओहरिड लेकको ढुंगे बगरमा एक महिलाले फोटो खिच्नको लागि तलाउमा तैरिरहेको स्वान (हाँसको एक प्रजाति)को पँखेटामा समातिन् र घिसार्दै बाहिर निकालिन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार उनले हाँससँग फोटो खिचेपछि त्यसलाई त्यहीँ बगरमा छाडेर आफ्नो बाटो लागिन् । ढुंगे बगरमा अलपत्र रुपमा छोडिएको हाँस केही समयपछि त्यहीँ नै मरेको स्थानीय सञ्चार माध्यमले जनाए ।
बुल्गेरियन ति महिला हाँसको नजिक जाँदा कुनै प्रतिकृया नदेखाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । किनकी त्यहाँका हाँसहरुको लागि ओहरिड सहर पुग्ने पर्यटकहरुको उपस्थिति सामान्य भइसकेको थियो । कालो कोट र जिन्स लगाएकी ति महिलाले हाँसलाई पँखेटामा समातेर पानी बाहिर ल्याएको फोटोमा देख्न सकिन्छ ।
सो हाँस उनको पञ्जाबाट फुत्किने प्रयत्न गरिरहे पनि उनी भने फोटोको लागि मुस्कुराईरहेकी देखिन्छिन् । क्याकेडोनियाका अनलाईन सञ्चार माध्यमहरुले जनाएअनुसार ति महिलाको हरकत पनि सो हाँस बगरमा नै विना हलचल बसेको र पछि मरेको थियो ।
ति महिलाले एउटा फोटो लिनको लागि त्यो हाँसको ज्यान लिइन् । पशुपंछीहरु मानिसको मनोरञ्जनको लागि होइन भन्ने नजान्दा एउटा निर्दोष पंछीले अनाहकमा ज्यान गुमाउनु पर्यो ।













प्रतिक्रिया