२९ आश्विन २०८३, बिहिबार

खाना खाँदा धेरै पानी पिउनु यसकारण हानीकारक

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । खाना खाँदा बखत पानी पिउनै पर्ने हामी धेरैको बानी हुन्छ । कतिपयले खाना खाइसकेपछि टन्न पानी पनि पिउने गर्छन् । तर खाना खाँदा धेरै पानी पिउने बानी तुरुन्तै बदल्नु आवश्यक छ किनकि त्यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

वास्तवमा पानी पिउनु निकै फाइदाजनक छ तर खाना खाँदा पानी पिउदा भने फाइदा भन्दा बेफाइदा नै बढि गर्छ । तर, कतिबेला पानी पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ । वैज्ञानिक दृष्टिकोणबाट हाइड्रेसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी । खाना खाएको बेला धेरै पानी पिउँदा यस्ता हानि देखिन सक्छन्ः

– हाम्रो पेटमा खानालाई पचाउने ग्यास्ट्रिक एसिडलगायतका रसायन हुन्छन् । खानासँग धेरै पानी पिउँदा पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ । यसबाट खाएको खाना ठिक तरिकाले पच्न पाउँदैन ।

– पानीले हाम्रो मुखमा हुने र्‍याललाई पखाली दिन्छ । मुख नै पाचन प्रणालीको पहिलो भाग हो । र्‍यालमा खानालाई टुक्र्याउने इन्जाइम मात्रै नभई पेटलाई पाचन पक्रियाको लागि तयार पार्ने तत्व पनि हुन्छ । खाना खाँदा पानी पिएमा र्‍यालको मात्रामा कमी आउँछ ।

– खाना खाँदा पानी पिउनाले एसिडिटी पनि निम्त्याउँछ । पानीले पाचन प्रणालीलाई प्रभाव पार्ने हुुँदा यसले पेटमा विकार उत्पन्न गराउँछ । पानीले पाचन पक्रियामा सहयोग पुर्‍याउने इन्जाइमहरुलाई पर्याप्त मात्रामा उत्पादन हुुन दिँदैन । जसले खाएको खाना पूर्ण रुपमा पच्दैन जसले एसिड रिफ्लक्स तथा छाति पोल्ने समस्या निम्त्याउँछ ।

– यसले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ । खाना खाँदा पानी पिएमा ग्लाइकेमिक खानाले जस्तै इन्सुुलिनलाई बढाउँछ । खाना राम्रोसँग नपच्दा खानामा भएको ग्लुुकोज बोसोमा परिणत भएर जम्मा हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउँछ ।

– खाना खाँदा पानी पिउने बानीले माटोपना पनि बढाउँछ । यसअघि बताइए जस्तै शरीरमा इन्सुुलिनको मात्रा बढ्छ र खाएको खाना बोसोमा परिणत भएर शरीरमा जम्मा हुुन्छ । जसले मोटोपना निम्त्याउँछ ।

खाना खाँदा पानी पिउने बानी हटाउनको लागि केही उपायहरु अपनाउन सकिन्छ । कम नुनिलो, चिल्लो पिरो भएको खानेकुरा खाएमा पानी खाना मन लाग्दैन । खानालाई राम्रोसँग चपाएर खानुपर्छ । सुुख्खा खानेकुरा भन्दा झोलिलो खानेकुरा खाँदा राम्रो हुन्छ । खाना खानुुभन्दा १ घण्टा अघि र खाना खाएको डेढ घण्टा पछि पानी पिएमा यसले पाचन प्रकृयामा सहयोग गर्नुका साथै शरीरलाई फाइदा गर्छ । –एजेन्सी