३१ आश्विन २०८३, शनिबार

हवाई टिकट किन्ने पैसा नभएर मलेसियामा अलपत्र परेका तीस नेपालीको उद्धार

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ ।

घर फर्कने को खर्च बेहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्लालाम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ । मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान भविष्यमा पनि जारी रहने बताइएको छ । –रासस