१३ कार्तिक २०८३, शुक्रबार

वाम गठबन्धनले ल्यायो नयाँ कार्यक्रम, दश हजार युवा दङ्ग

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १३वैशाख । कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने निर्णय गरेको छ ।

एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुची घट्दै गएकाले माक्र्सवाद पढाउने निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यस्तै, मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन् ।

मार्क्स जयन्तीको द्विशतवार्षिकीको उपलक्ष्यमा २१ र २२ वैशाखमा ‘आजको मार्क्सवाद र लोकतन्त्र समृद्धि समाजवाद’ लाई मूल विषय राखेर काठमाडौंको राष्ट्रिय सभागृहमा गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा विभिन्न कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन् । माओवादी केन्द्रका नेता राम कार्कीले नयाँ पिढीमा मार्क्सवाद विषयमा अभिरुची बढाउनु पर्ने बताए ।