
युगान्डा, १२ वैशाख । गत बर्ष युगान्डामा मृत्यु भएका नेपाली पोस्टबहादुर बुढाथोकीका परिवारलाई एनआरएनए युगान्डाको पहलमा उनी कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बिमा बापत नेपाली २३ लाख रुपैया बुधबार नेपाल पठाइएको छ ।
एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार मृतक बुढाथोकीको आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंकबाट पठाइएको हो ।
संघका पुर्वअध्यक्ष रमेश कंडेलका अनुसार छोरी साबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने व्यवस्था गरिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने व्यवस्था गरिएको छ ।















प्रतिक्रिया