२९ आश्विन २०८३, बिहिबार

गाजर खाने महिलामा हुन्छ स्तन क्यान्सरको सम्भावना न्युन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । गाजर निकै सहज रुपमा पाउन सकिने खानेकुरा हो । यसलाई विशेष गरेर सलादको रुपमा खाने गरिन्छ । गाजरका विभिन्न फाइदाहरु छन् । बैज्ञानिकहरुले गाजर खानामा समावेश गर्दा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने यसअघि नै पुष्टि गरिसकेका छन् ।

हालसालै गरिरिएको एक अध्यननले गाजर खाने महिलाहरुमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार गाजरमा प्राकृतिक रुपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा प्रकाशित एक रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । सो अध्ययन अनुसार गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुने देखाएको छ ।

बेलायतमा गरिएको सो अध्ययनमा १ हजार ५ सय स्तन क्यान्सर पिडीत महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेश गरिएको थियो । सहभागिहरुमा बैज्ञानिकहरुले दैनिक रुपमा खाने खानाको सोध साथै रगतमा विटा–क्यारेटिनको मात्रा मापन गरेका थिए । जसबाट खानामा विटा क्यारोटिन पाइने पदार्थ जस्तै गाजर समावेश गरेका सहभागीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखियो ।

गाजरमा यो बाहेक अन्य पनि थुप्रै फाइदाहरु छन् । यसमा पाइने विटा क्यारोटिनलाई शरीरले भिटमिन ए मा परिवर्तितगरि आँखा तेजिलो पनि बनाउन सहयोग गर्छ । त्यसको साथसाथै रोग प्रतिरक्षा क्षमता बढाउन पनि गाजरले मद्दत गर्छ । हामीले सामान्य मानेको खानेकुराबाट यति धेरै फाइदा पाइन्छ । त्यसैले आजैबाट खानामा गाजर पनि समावेश किन नगर्ने ।