काठमाडौं, १२ वैशाख । द्वन्द्वताका विभिन्न स्थानमा भएका भिडन्तमा ज्यान गुमाउने सेनाका सोझा पत्नीलाई उल्लु बनाउन एउटा यस्तो गिरोह सल्बलाइको छ, सुन्दै अचम्मलाग्दो कि ठग्नेहरू पनि वीरगतिप्राप्त सेनाकै पत्नीहरू !
सैनिक एकल महिला तथा वीरगति प्राप्त परिवार संघकी अध्यक्ष शोभा बिसी हुन् । उनीहरूले देउवा सरकारको पालामा धर्ना बसेर केही माग अगाडि सारे । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
माग पूरा गर्ने बचन सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूयकिरण गुरुङले दिए । तर, उनले प्रधानमन्त्री कार्यालयलाई पठाएको चिठीमा सही नै गरेका रहेनछन् ।
उनीहरूको माग छ, वीरगति प्राप्त तथा घाइतेका परिवारलाई सात वर्षे तलव दिइनुपर्ने, घाइते परिवारको सम्पत्ति बृद्धि गर्ने, स्वास्थ्योपचारका क्रममा बस्ने कुरुवालाई भत्ता दिनुपर्ने, अस्पतालमा सहुलियतको व्यवस्था लगायत । बीचमा सरकार फेरयो । केपी ओली भारतबाट फर्किएपछि गर्छु पनि भने ।
तर, सम्झौता गर्ने सत्यनिरुपण आयोगकै कमजोरीका कारण उनीहरू पीडित बने ।












प्रतिक्रिया