३ कार्तिक २०८३, मंगलबार

ठगी अभियोगमा राप्रपाका सन्यासी नेता पक्राउ

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । काठमाडौं प्रहरीले ठगी अभियोगमा राप्रपा केन्द्रीय सदस्य सन्यासी नेता पुष्पराज पुरूष (पौडेल)लाई मंगलबार पक्राउ गरेको छ ।

धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष समेत रहेका पुरुषले ८ करोड ३७ लाख ठगी गरेको आरोप छ ।

सुनसरी धरान–९ घर भएका उनी काठमाडौं–१० मा बस्दै आएका थिए । उनीसँग गोकुल श्रेष्ठ पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी अर्काको नामको जग्गालाई बेच्न लागेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
दुवैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर ठगी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।

पुरुष प्रहरीले तहसनहस बनाएको नेटवर्किङ व्यावसाय हर्बो इन्टरनेशनलका पनि संस्थापक हुन् । हर्बो व्यावसाय गर्नका लागि उनले ऋण उठाएको बुझिएको छ ।