३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपति भण्डारीको शपथविरुद्ध परेको रिट खारेज

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ बैशाख । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको शपथविरुद्ध परेको रिट खारेज गरेको छ ।

अधिवक्ताहरु नारायण खरेल र हेममणि सुवेदीले पदावधि सकिएका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथ लिएको र त्यो अवैधानिक भएको भन्दै चैत १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंगलबार सपना मल्ल प्रधानको एकल इजलासले उक्त रिट खारेज गरेको हो । राष्ट्रपति भण्डारीले फागुन ३० गते पराजुलीबाट सपथ लिएकी थिइन् । सोही दिन साउनमै उमेरहदका कारण पदावधि सकिइसकेको भन्दै न्याय परिषद् सचिवालयले पराजुलीलाई अवकाशको पत्र पठाएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले न्याय परिषद्लाई पठाएको पत्रमा उनको शैक्षिक प्रमाणपत्रमा गत साउन २१ गते नै ६५ वर्ष पूरा भएको पुष्टि भएपछि सचिवस्तरीय निर्णयबाट पराजुली प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराइएको थियो ।