
-मीना बुढा
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली केहिदिन अघि भारत भ्रमण गरेर नेपाल फर्कनुभयो । ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि भारत भ्रमण देश बाहिरको पहिलो भ्रमण थियो । प्रधानमन्त्री ओली भारत जाने सरकारको निर्णय भएपछि त्यहाँ बस्ने नेपालीहरु निकै उत्साहित समेत भए । भारतमा लाखौँ नेपालीहरु कामदारको रुपमा कार्यरत छन । भारत, हाम्रो मित्र राष्ट्र भएपनि दुई देशबीच बिभिन्न बिषयमा अन्तरबिरोध समेत छन ।
नेपालबाट प्रधानमन्त्री ओली भारतमा धैरे पटक जानुभएको मलाई थाहा छ । उहाँ पार्टीका विभिन्न कार्यक्रममा समेत जानुभएको छ । तर यस पटकको उहाँको भारत भ्रमण नितान्त फरक हो । राजकीय सम्मानका साथ भारत पुग्नु भएका ओलीले यस पटक पनि नेपालीको शिर उचो बनाउने काम गरेर नेपाल फर्किएको त्यहाँका प्रवासीहरुको तर्क छ ।
खुला सिमाना भएकाले भारत जान कोहि नेपालीलाई पनि रोकटोक छैन । सम्बन्धित नेपाली नेपाली नै हो भने पहिचान खुल्ने ऊसँग भएको नागरिकता हो । भारतमा रहेका करिब ४०/४२ लाख नेपाली छन । नेपालीहरुका लागि नेपाल भारत मिलेर आवश्यक पूर्वाधार जरुरी देखिन्छ ।

१९५० को सन्धि कार्यान्वयन भएको छ कि छैन ? भारत रहँदा नेपालीले के–कस्तो समस्या भोगिरहेका छन । अहिले सम्म कुनै लेखा जोखा देखिदैन्थ्यो । अब भने सम्माननीय प्रधानमन्त्री ओली भारत पुगेर फर्किए पछि त्यहाँ बस्ने नेपालीहरुले यसको ठुलो अपेक्षा गरेका छन ।
अब भारतमा कार्यरत नेपाली कति छन् भन्ने आधिकारिक तथ्यांकसमेत हुनेमा प्रवासीहरु ढुक्क भएको पाईन्छ । भारतमा रहँदा–बस्दा कुनै नेपालीको हत्या भयो भने उजुरबाजुर कहाँ गर्ने ? कुन कानुन टेकेर अघि बढ्ने । ऊ भारतीय होइन । नेपाली हो भन्ने पहिचान खुल्दैन । विदेशी हुँदैन होइन । भारतले नेपालीलाई विदेशी मान्दैन । नागरिकतालाई आधार त मान्न सकिन्छ तर त्यसलाई भारतले पनि मान्यता दिँदैन ।
कोइलाखानीमा काम गर्ने, घर बनाउनेहरूको ठाउँका ठाउँ मृत्यु भएको छ । जानेको ज्यान त गयो तर, उनीहरूको कानुनी उपचारसम्म हुँदैन । यस्ता हामी नेपालीहरुका थुप्रै समस्याहरु छन । त्यसकारण पनि जनताले अपेक्षा गरेको ओली सरकारबाट प्रवासीहरुले अपेक्षा गर्नू स्वभाविक मानिन्छ । ओलीको भारत भ्रमणले समेत बिषयलाई गम्भीरताका साथ बुझ्नै पर्दछ ।
–राष्ट्रिय सभा सदस्य बुढा, प्रवासी नेपाली संघ भारतकी केन्द्रिय उपाध्यक्ष हुन् ।















प्रतिक्रिया