२९ आश्विन २०८३, बिहिबार

किम कार्दशियन बनाउन खोज्दा गर्लफ्रेण्डको भयो यो हालत

15.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । भनिन्छ प्रेम र युद्धमा सबचिज जायज छ । आफ्नो प्रेमी प्रमिकालाई खुसी बनाउन मानिसहरु जे पनि गर्न तयार हुन्छन् । यसकै एउटा गतिलो उदाहरण बनेकी छिन् २५ वर्षीया ब्राजिलियन युवती जेनिफर पेम्पलोना ।

जेनिफरको अनुहार केही हदसम्म हलिउड स्टार किम कार्दशियनसँग मिल्दो जुल्दो थियो । तब उनका प्रेमीले उनलाई सम्पूर्ण शरीर नै कार्दशियनको शरीर जस्तो बनाउन आग्रह गरे । किम कार्दशियन हलिउडकी यस्ती मोडेल तथा नायिका हुन् की उनी आफ्नो शरीरको कारण नै बढि चर्चामा छिन् । जेनिफरले आफ्नो प्रमीको कुरा मान्दै आफ्नो शरीर पनि किमको जस्तै बनाउन मरिमेट्न थालिन् ।

ब्राजिलको सहर साओ पाउलोकी मोडेल जेनिफरले आफ्ना प्रेमीको इच्छा अनुसार आफूले किम कार्दशियन जस्तो देखिन चाहेको बताइन् । २०१५ मा क्यान्सरका कारण आफ्ना प्रेमीको मृत्यु भएपनि झन् उनी प्रेमीको इच्छा जसरी पनि पुरा गर्ने योजनामा लागिन् ।

त्यसपछि जेनिफरले सर्जरी गराउन शुरु गरिन् । उनले पहिले अनुहार, त्यसपछि स्तन र पछि नितम्बको सर्जरी गराइन् । त्यसपछि उनी हाल किम कार्दशियनको कपि जस्तै देखिन्छिन् ।

जेनिफरले हालसम्म आफ्नो शरीरमा करिव ५ करोड रुपैयाँ खर्च गरिसकेकी छिन् । उनको अबको लक्ष्य किम कार्दशियनको भन्दा पनि ठूलो नितम्ब बनाउने रहेको छ । त चिकित्सकहरुले पनि उनलाई यसो नगर्न चेतावनी दिएका छन् । अब के गर्छिन् यो उनकै हातमा छ ।