
कैलाली, २१ चैत । धनगढीमा जारी दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौँ गोल्डेन्सले लगातार तेस्रो जित हासिल गरेको छ । काठमाडौँले बुधबार भएको खेलमा सीवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको हो ।
धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो । १३७ रनको विजयी लक्ष्य पछ्याएको सीवाइसी अत्तरिया १२६ रनमा समेटियो ।
अत्तरियाका गौरव चितकारले ३६, सन्दीप जोराले २१, शुभान्कर उरावले १२, दीपेन्द्रसिंह ऐरीले ९, कुशल भुर्तेलले ८ तथा प्रेम तामाङले ४ रन बनाए । बलिङतर्फ काठमाडौँका सुवोध भाटीले ३ विकेट लिए भने सनि पटेल र रासिद खानले २(२ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५७ रन बनाए । त्यस्तै, नरेश बुढाऐरले २७, रासिद खानले १६ रनको योगदान गरे । अत्तरीयाका शिवसंकर उराले तीन तथा कृष्ण कार्कीले दुई विकेट लिएका थिए ।















प्रतिक्रिया