
रोमानिया । रामानियन नागरिक कन्स्टान्टिन रेलिउले गत जनवरीमा आफू मरिसकेको कुरा थाहा पाए ।
टर्कीमा २० वर्ष ‘कुक’को रुपमा काम गरेर घर फकिँदा उनकी श्रीमतिले उनको मृत्यु दर्ता गरिसकेकी थिइन् । सो समयदेखि नै उनले सरकारी अधिकारीहरुका सामू आफूलाई जिउँदै रहेको प्रमाणित गर्न निकै काशिस गरिरहेको छन् । उनलाई मुख्य समस्या तब पर्यो जब भास्लुईको दक्षिण-पूर्वी सहरमा रहेको अदालतले उनको मृत्यु दर्ता फिर्ता लिन मानेन किनकी उनले ढिला गरी त्यसको उजुरी दिएका थिए । अदालतले सो फैसला अन्तिम भएको बताएको छ ।
‘म जिवित भूत हुँ’, ६३ वर्षीय रेलिउले बार्ल्याण्डस्थित आफ्नो घरबाट फोन अन्तरवार्तामा समाचार संस्था एपीसँग भनेका छन् । ‘म आधिकारिक रुपमा मृत घोषित भएँ तर वास्तवमा म जिवित छु’ उनले भने, ‘मेरो कुनै आयस्रोत छैन अनि मृत घोषित भइसकेकाले मैले केही पनि गर्न सक्दिँन ।’
अन्तरर्वाताका क्रममा रेलिउ निकै भावुक भएका थिए । उनले आफ्नी श्रीमतिप्रति रिस पनि व्यक्त गरेका थिए ।
उनले आफू १९९२ मा पहिलो पटक कामको लागि टर्की गएको बताएका छन् । जब उनी १९९५ मा घर फर्किए तब उनले आफ्नी श्रीमति बेपत्ता भएको पाए । र १९९९ मा उनले पुनः टर्की फर्किने निर्णय लिए ।
गत डिसेम्बरमा उनको मृत्यु दर्ताको बारेमा थापा पाएपछि टर्कीस अधिकारीहरुले गत जनवरीमा उनलाई रोमानिया फर्काइदिएका थिए । बुकारेष्टको विमानस्थलमा अवतरण गर्ने वित्तिकै उनलाई उनी मृत्यु भइसेको बताइएको थियो र उनीसँग ६ घण्टा लामो सोधपुछ गरिएको थियो ।
उनको पुरानो पासपोर्टमा रहेको पाटोसँग दाँज्नको लागि उनीहरुले उनको दुई आँखाबीचको दुरी नाप गरेका थिए । उनलाई अधिकारीहरुले उनको सहरको बारेमा विभिन्न प्रश्न सोध्नुका साधै उनको औँठाछापको परिक्षण पनि गरिएको थियो ।
‘अन्तत: उनीहरुले म म नै भएको घोषणा गरे ।’ उनले भने ।
उनलाई टर्की फर्किन टर्कीस सरकारले निषेध गरेको छ । तर उनले टर्कीस राष्ट्रपति रेसेप टेइप एर्डोगानलाई पत्र लेखी सो निर्णय फिर्ता गराउन चाहन्छन् । –एपी













प्रतिक्रिया