३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिको निन्दा र व्यवहार

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मोहन बस्याल
सामाजिक सञ्जालमा राष्ट्रपति विद्या भण्डारीको यात्राका क्रममा हुने सडक जाम र तडक भडकको व्यापक आलोचना भएको छ । गरिब राष्ट्रमा अनावश्यक तडक भडक र खर्चिला कार्यक्रम उपयुक्त होइनन् । संसारकै सबै भन्दा स्वतन्त्र र व्यस्त नागरिक बस्ने राष्ट्रमा जनतालाई हिड्न बाधा पुग्ने गरि राष्ट्रप्रमुखको सवारी चलाउनु आफैमा उचित हुँदै होइन । तर, सामाजिक सञ्जालमा भएका आलोचना र टिप्पणी देख्दा चाहीँ उदेक लागेर आयो ।

सामाजिक सञ्जालमा गरिएका आलोचना र टिप्पणी तथा आलोचक र टिप्पणीकारबारे चर्चा गर्नु अघि एउटा कथाको स्मरण गराउन चाहन्छु । परापूर्व कालमा एक जना आमा आफ्नो छोराको मिश्री मात्र खाई रहने बानीबाट आजित भइछन् । उनले गाउँ नजिकैको एउटा ऋषीकहाँ छोरा मसेत लिएर गएर आफ्नो समस्या दर्शाइन । ऋषीले एक महिना पछि आफ्नो छोरालाई लिएर आउन भने । एक महिना पछि ती आमा फेरी उनै ऋषीकहाँ गईन् र आफ्नो समस्या बताईन । ऋषीले छोरासँग केही बेर सम्वाद गरे । केही ज्ञानगुनका कुरा सुनाए र मिश्री धेरै खानु स्वास्थ्यका लागि राम्रो कुरा नभएको भन्ने कुरामा विश्वास दिलाए । नभन्दै ऋषीका कुरा सुनेपछि छोराले मिश्री खान छोड्यो ।

कसैलाई अर्ति उपदेश दिनका लागि आफूसंग नैतिक बल हुनु अनिवार्य छ । हामीले लोकतन्त्रको उपयोग गर्दै सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको आलोचना गर्ने हैसियत त बनाएका छौँ । तर, त्यसका लागि नैतिक बल छ त ?

आमा अचम्ममा परिन । पन्ध्र दिन पछि ती आमा फेरी ति ऋषीकहाँ गईन । ऋषीलाई धन्यबाद दिइन् । ऋषीलाई प्रश्न पनि गरि, एक महिना अघि छोरा लिएर आउँदा तपाईले किन एक महिना पछि आउन भन्नु भयो ? उति बेलै छोरालाई सम्झाई दिएको भए त छोराले एक महिना अघिनै मिश्री खान छाड्ने रहेछ । ऋषिले ती महिलालाई सम्झाउदै भने त्यो बेला म पनि नियमित रुपमै मिश्री खाने गर्दथे । त्यसैले छोरालाई मिश्री नखाउ भन्ने मेरो नैतिक हैसियत थिएन । एक महिना सम्ममा मैले मिश्री खाने बानी त्याग गरे । त्यसपछि छोरालाई मिश्री नखाउ भन्ने नैतिक हैसियत मैले बनाए । त्यसैले मैले भनेको कुरामा नैतिक बल पनि भएकाले त्यो कुरामा छोरालाई विश्वास दिलाउन सके र छोराले छाड्यो । यदि एक महिना अघि नै मेलै छोरालाई मिश्री नखाउ भनेको भए मसंग त्यो नैतिक बल थिएन र छोराले मान्ने पनि थिएन ।
यो साँचो घट्ना नहोला तर यो कथाको सारमा दम छ । कसैलाई अर्ति उपदेश दिनका लागि आफूसंग नैतिक बल हुनु अनिवार्य छ । हामीले लोकतन्त्रको उपयोग गर्दै सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको आलोचना गर्ने हैसियत त बनाएका छौँ । तर, त्यसका लागि नैतिक बल छ त ?

सडक निर्माणका लागि राखिएका ढुंगा, बालुवा सारेर आफ्नो आगन पुर्नेहरुले यो राज्यका गतिविधिमा आलोचना गर्ने नैतिक बल राख्छन् र ? राष्ट्रसेवक कर्मचारी बनेर कुर्सीमा बस्ने बाहिर सेवाग्राहीलाई लाम लगाएर मदन भण्डारीका पत्निको चाला श्री पाँचको भन्दा चर्को भो भन्नेलाई स्यावास भन्न सकिन्छ र ?

राज्यका उच्च निकायमा पुगेका जनताका प्रतिनिधिले गर्ने अनावश्यक तडक भडक कम गर्नै पर्छ । निर्वाचित पदमा पुगेकाले महंगा गाडी प्रयोग गर्नै पर्छ भन्ने सोच हटाउनै पर्छ । तर, सामाजिक सञ्जालमा जुन तरिकाले आलोचना भएको छ त्यो लज्जास्पद छ । जस्ले आफ्नो घर निर्माण गर्दा निर्माण सामग्रीले सिंगो गाउँ प्रवेश गर्नेबाटो बर्ष दिनका लागि छेके तिनिहरुले राष्ट्रपति महत्वपूर्ण सम्बोधनका लागि जाँदा सुरक्षा व्यवस्था र सम्मानका लागि बाटो छेकिदा सामाजिक सञ्जालमा बर्बराउन मिल्छ र ?

सडक निर्माणका लागि राखिएका ढुंगा, बालुवा सारेर आफ्नो आगन पुर्नेहरुले यो राज्यका गतिविधिमा आलोचना गर्ने नैतिक बल राख्छन् र ? राष्ट्रसेवक कर्मचारी बनेर कुर्सीमा बस्ने बाहिर सेवाग्राहीलाई लाम लगाएर मदन भण्डारीका पत्निको चाला श्री पाँचको भन्दा चर्को भो भन्नेलाई स्यावास भन्न सकिन्छ र ?

हिजोका दिनमा आफू सरकारमा हुँदा हानिएका लाठिको हिसाब किताब कता गयो ? बर्षाइएका गोलीको लेखा जोखा गर्न पर्छ कि पर्दैन ? आफै आरोप लगाउने आफै सजाय तोक्ने दिन बिर्सिइयोकी याद छ ?

हिजोका दिनमा मन्त्री, प्रधानमन्त्री मात्र होईन विपक्षी पार्टीका नेता कार्यकर्तालाई जहाँ पायो त्यही कुटपिट गर्ने आदरणीय समाजसेवी ज्युहरुले सुरक्षाको नाममा सैनिक प्रहरीको घेरा किन चाहियो भनेर सोध्न मिल्छ र ? राज्यका उच्च तहमा बसेका व्यक्तिबारे प्रश्न उठाउने अधिकार मात्र होईन नागरिक कर्तव्य पनि हो । राज्यको विधि विधान विपरित गतिविधि भएका छन् भने सच्चाउनका लागि दवाब सृजना गर्नै पर्छ । तर, त्यसका लागि नैतिक बल भएकाहरु अघि सर्नु पर्छ । नैतिक रुपमा पतितहरुले यस्ता महत्वपूर्ण बिषयमा बोल्दा, लेख्दा सामाजिक सञ्जाल प्रदुषित हुने मात्र हो समस्या समाधान हुन्न ।

सामाजिक सञ्जालमा पानीको पोहराले मानिस तितर वितर गरेको घट्नालाई बर्बर दमन भनेर फैलाइएको पनि देखियो । हिजोका दिनमा आफू सरकारमा हुँदा हानिएका लाठिको हिसाब किताब कता गयो ? बर्षाइएका गोलीको लेखा जोखा गर्न पर्छ कि पर्दैन ? आफै आरोप लगाउने आफै सजाय तोक्ने दिन बिर्सिइयोकी याद छ ? हरेक स्थानीय निकायमा जनप्रतिनिधि छन् । पार्टीका टोल टोलमा संगठन छन् । अब प्रकृयागत रुपमा दबाव सृजना गर्ने कि सडकमा उत्रिहाल्ने ? श्रीमान श्रीमतिको झगडामा सडक बन्द गर्ने अनि राष्ट्र प्रमुखको यात्रामा बाटो छेकिदा बिरोध ?