१ कार्तिक २०८३, आइतबार

सगरमाथा दिवसको अवसरमा भलिबल प्रतियोगिता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ११ चैत । सगरमाथा दिवसको अवसरमा अगामी मे २९ मा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनको लागि नाम्चे घुम्न जाउँ’ नारासहित नाम्चे युवा समुहले उक्त राष्ट्रिय भलिबल प्रतियोगिता आयोना गर्न लागेको हो ।

हिमालय आधारभूत विद्यालय नाम्चेको मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता १० दिनसम्म चल्ने कार्यक्रम संयोजक लामाकाजी लामाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख १०१, दोस्रो हुनेले रु तीन लाख १०१ र तेस्रो हुनेले रु एक लाख १०१ पुरस्कार पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु ५० हजार १०१ प्रदान गरिनेछ । एउटा टिममा दुई जनाभन्दा बढी राष्ट्रिय खेलाडी राख्न नपाइने संयोजक लामाले बताउनुभयो । –रासस